Tue 19 Jan 2021
Taja Kura Banner

#TajaHeadlines

आज पनि ओरालो लाग्यो सुनको मूल्य

काठमाडौँ, २७ पुस:आइतबार तोलामा रु दुई हजार ३०० ले ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ४० ले घटेको छ । आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । (रासस)


संबिन्धत समाचारहरू

अमेरिकामा बाइडनले जित्दा नेपालमा एमसीसीको चासो

अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । आगामी जनवरी २० मा अमेरिकी संविधान अनुसार बाइडनले राष्ट्रपति पदको सपथ लिने छन् ।

अत्यधिक चिसोले हुम्लामा पानी जम्न थाल्यो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ

बेलाैरीबासीले देखाए बीरता: हतियारसहित नेपाल भित्रिएका भारतीय एसएसबीलाई मगाए माफी!

आईतबार हतियार सहित कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र बेलौरी नगरपालिका १० भुडा पुगेका भारतीय एसएसबी माफी माग्दै फर्किएका छन् । पटक पटक नेपाली भूमिमा हतियार सहित प्रवेश गर्न पल्केका भारतीय एसएसबीलाई स्थानीयले लखेटेपछि माफीमाग्दै फर्कीएका हुन् ।

वालिङको पहिरोमा मृत्यु भएका ९ जनाको राम्दीमा सामूहिक दाहसंस्कार !

पहिरोमा पुरिएर ज्यान गुमाएका ९ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ
Facebook Page
Advertisement