#TajaHeadlines
बर्दिया । सडक दुर्घटजना परी श्रीमान श्रीमतीको एकैचोटी ज्यान गएको छ । बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गएको हो । नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ को ट्रयाक्टर एक आपसमा ठक्कर खाँदा बर्दियाको पचासा वडा नं ७ निवासी ललिता रिमाल र अर्जुन रिमालको मृत्यु भएको हो ।
अर्जुन २५ वर्षका थिए भने उनकी श्रीमती २३ वर्षकी थिईन् । बर्दियाको बढैयाताल गाउँपालिका बडा नं ८ पचासा नजिक गए राति करिब ८ बजेतिर ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार श्रीमान र श्रीमतीकै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर अवस्थामा रहेका रिमाल दम्पतिलाई उपचारको लागि नेपालगन्ज पठाइएको थियो । उपचारकै कर्ममा दुबैको ज्यान गएको जानकारी जिल्ला ट्राफिक प्रहरी बर्दियाले दिएको छ । ट्राफिक प्रहरीका अनुसार ट्रयाक्टर र चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठ बोकेर तीव्र गतिमा आएको ट्याक्टरले ठक्कर दिँदा उक्त घटना भएको स्थानीयले बताए । प्रहरीले ट्याक्टर चालक नेपालगन्ज–३ का २६ वर्षीय इमरान खानलाई पक्राउ गरिएको जनाएको छ । घटनाको विषयलाई लिएर ओ क्रोशित परिवार र आफन्तहरुले घटनास्थलमा आन्दोलन गरिरहेका छन् । वडा अध्यक्ष ईन्द्र प्रसाद लुईटेलका अनसार अहिले उक्त स्थानमा चक्काजाम भईरहेको छ ।
पालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० को मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेकाे ट्रकसँग एकाएक ठक्कर खाएपछि घटेकाे सो घटनामा सबैका प्यारा दम्पत्ति जोडीकाे एकसाथ देहवसान भएकाे थियो । बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गएको हो ।
www.tajakura.com is the site, where all types of news as celebrities, programmes, gossip, and all kinds of news are included. We includes women beauty tips, celebrity's activities, television news, life style, healthy tips and many more. You can find daily news and international buletins and the mixed news of political issues, social education, cultural activities, Education, Business and several topics. Please log on the site and send the information at info@tajakura.com.
Reg. No: 147/073-074 Contact: 9851011046 Team Details Propritor: Shova Manandhar Reporters: Ramesh Aryal Rabin Chaudhary
Managing Director: Sunil Shrestha
Executive Director: Hari Manandhar
Bag Bazar, Kathmandu
POB No: 9752,
Phone: 01-4248668
e-mail: info@tajaukura.com