Tue 19 Jan 2021
Taja Kura Banner

#TajaHeadlines

….त्यसपछि उनले आफ्नै मिल्ने साथीको ज्या’न लिए !

मकवानपुर । ‘असल साथी पाउनु सबैको भाग्यमा हुँदैन र खराब साथी भेटाउनलाई खोज्नै पर्दैन ।’ यो भनाई धेरैको जीवनसंग मेल खाईरहेको हुन्छ । मकवानपुरका विकासको जीवनमा पनि यो भनाईको तालमेल मिलको छ । मकवानपुराका विकासले असल मानेका साथी खराब मात्र नभई अ पराधि रहेछन् ।

विकासले आफुले साथी मानेका शंकरलाई सुख र दुःखमा मात्र नभई आफुले प्रयोग गर्ने सबै कुराहरु शेयर गर्ने गर्दथे । उनले आफु जे खान्थे साथीलाई पनि त्यही खाना बाँडी खान्थे । विकासले साथी शंकरलाई आफुभन्दा पनि धेरै माया गर्थे र आफ्नो जीवनमा सबैलाईभन्दा माथि राखेका थिए ।

दुबैको बानी कुलतमा फसेको हुनाले उनीहरुले प्राय विभिन्न खालका औ ष धी’हरुको पनि प्र’ योग गर्ने गर्दथे । हरेक कुरामा ही’त्तचि’त्त मिलाएर उनै साथी शंकरले एकदिन सामान्य कुरामा वि’ बाद हुँदा खु ‘कुरी प्र”योग गरी आफ्नै हितैशी साथी विकासको ज्या’न लि’ए । उनै ज्या’न लि’ने साथी शंकरलाई प्रहरीले शनिबार ललितपुरबाट पक्राउ गरेको छ ।

मकवानपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार प्रहरीका अनुसार शंकर र विकास मिल्ने साथी हुन् । शंकर विकासको घरमा पनि आउजाउ गरिरहन्थे। उनीहरूबीच राम्रो चिनजान थियो ।

आइतबार प्रहरीले पत्रकार सम्मलेन मार्फत गत शुक्रबार शंकर विकासको घर गएको र शंकर केही घण्टा विकासको घरमै बसेपछि उनीहरु खाजा खाएर संगै निस्किएको जनाएको छ । त्यसपछि उनीहरू घर नजिकैको सिमाद खोलाको बगरस्थित फुटबल चौरमा पुगेको प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

प्रहरीका अनुसार शंकर र विकास गएको फुटबल चौरमा बाख्रा चराउन आएका गोठालाहरू पनि थिए । विकासका साना भाइहरू फुटबल खेल्दै थिए भने उनकी हजुरआमा पनि त्यहीँ थिइन् । शंकर र विकास त्यहाँ चु’रोट खान बसे । त्यतिकैमा उनीहरूबिच झ ‘गडा हुन थाल्यो । एक्कासि, शंकरले खु कुरी निकालेर विकासमाथि प्र ”हार गरे ।

डिएसपी रानाका अनुसार शंकरले विकासमाथि पटक(पटक गरेका थिए । तर, त्यहाँ भएका प्रत्यक्षदर्शीहरूले शंकरलाई रोक्न सकेनन् । पत्रकार सम्मेलन मार्फत शंकरले विकासको ज्या’न लि’ने पूर्वयोजना नै बनाएको बताईएको छ । उनले खु ‘कुरी बोकेर गएको हुँदा पनि त्यसको पुष्टि हुने डिएसपी रानाले बताए ।

आफ्नै साथीलाई त्यसरी ज्या’न लि’ने गरेर शंकर जंगल तिर भा ‘गेका थिए । ३० देखि ४० जनाको प्रहरकिो टोलीले उनलाई जंगलमा खोज्दा पनि भेटाउन सकेको थिएन । अन्ततः उनी काठमाण्डौबाट समातिएका छन् । उनी शनिबार साँझ ५ बजे ललितपुर बागमती गाउँपालिका(२ माल्टाबाट समातिएका हुन् ।

उनको हुलिया सहितको प्रचारप्रसार गरिएको हुनाले माल्टाका स्थानीयले उनलाई नियन्त्रणमा लिइएर प्रहरीलाई बुझाएको हुनाले उनी पक्राउ परेका हुन् । उनलाई प्रहरीले शनिबार नै मकवानपुर लगिसकेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विकासले शंकरलाई हो च्याउने गरेको कारणले ज्या’न लिएको बयान दिएका छन् ।

सोधपुछ क्रममा विकासले आफुलाई सधैं हो च्याउने गरेको र त्यो कुरा पहिलेदेखि आफुलाई मन नपरेको हुँदा यस्तो गरेको शंकरले प्रहरीलाई बयान दिएका छन् । अहिले उनीमाथि प्रहरीले क र्तव्य ज्या’न सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ । २० वर्षीय शंकर भन्ने भीमराज भोलन रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।

यो पनि : पुराना वामनेता लामाको मृत्यु

मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहनुभएका लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना भएका थिए । उनको आज बिहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिए ।

विसं २०४९ मा मकवानपुर जिविसका सभापति बन्नुभएका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । विसं २०३३ मा लामासहित सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिष्ट नेताहरु नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए । विसं २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्को सदस्य रहनुभएका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए । लामा जिविस मकवानपुरका सभापति भएपछि उनकै पहलमा काठमाडौँलाई तराईसँग जोड्न मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । मदन भण्डारी मार्गका रुपमा चिनिने उक्त मार्गबाट अहिले दैनिक सयौँ सवारी आवतजावत गर्ने गर्छन् ।

उत्तरी मकवानपुरको फाखेलका स्थायी बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र तीव्र वि वाद भएपछि अशोक राईको नेतृत्वमा लामासहित नेताले तत्कालीन नेकपा एमाले परित्याग गरेका थिए ।

यो पनि : कालिलेकको प्रवद्र्धनमा जुटे तीन स्थानीय तह

कोरोना कहरका कारण घरबाट बाहिर नआएका गलकोट, ताराखोला र बिहुँका स्थानीयवासी शुक्रबार पर्यटकीयस्थल कालिलेकमा दिल खोलेर नाचगान गरे । कोरोनासँग डराएर घरमा बसेको महिनौँपछि प्रकृतिसँग खुलेर रमाउन सर्वसाधारण दङ्ग देखिन्थे । पर्यटकीय क्षेत्र कालिलेकको प्रवद्र्धनका लागि तीन पालिकाको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमले निकै फरक माहोल ल्यायो ।

गलकोट नगरपालिका, ताराखोला गाउँपालिकाको शिर कालिलेक र काठेखोला गाउँपालिकाको शिर शिवधुरीको प्रवद्र्धन गर्नका लागि शुक्रबार जनप्रतिनिधिसहितको भेलाले यस्तो संयोग जुराएको थियो । भेलाको उद्देश्य थियो कालिलेकसहित आसपासका पर्यटकीयस्थलको विकास तथा प्रचारप्रसार गरी पर्यटक भित्र्याउने ।

गलकोट नगरपालिका–६ भुजुङ्गेको स्टोन भिलेज सामुदायिक घरवासको आयोजना तथा धवलागिरि पर्यटन प्रवद्र्धन समितिको संयोजनमा कालिलेकमा आयोजना गरिएको कार्यक्रममा कालिलेकको प्रवद्र्धनका लागि तीनवटै स्थानीय तहले साझेदारी गर्ने प्रतिबद्धतासमेत जनाए । तीन पालिकाको सङ्गमस्थलका रूपमा रहेको कालिलेक र शिवधुरीलाई साझा पर्यटकीय गन्तव्य बनाउनका लागि कालिलेकमा पैदलमार्गमार्फत स्थानीयवासीको भेलासहित प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालिएको धवलागिरि पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष इन्जीनियर खिमानन्द कँडेलले जानकारी दिनुभयो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती तथा काठेखोला गाउँपालिकाका जनप्रतिनिधिसहितको भेलाले कालिलेकको प्रवद्र्धनमा संयुक्तरूपमा लाग्ने प्रतिबद्धतासमेत जनाएका थिए । समुद्री सतहदेखि दुई हजार ३०० मिटर अग्लो कालिलेक तीन पालिकाको संयुक्त पर्यटकीयस्थलको रूपमा विकास गरी त्यस आसपास क्षेत्रका शिवधुरी, मोतिमारेलगायतको प्रचारप्रसार गर्नका लागि तीन पालिका एकजुट भएको गलकोट नपा प्रमुख गैरेले जानकारी दिनुभयो । “तीन पालिका मिलेर कालिलेकलाई उठाउनेछौँ, पूर्वाधार निर्माणमा लाग्ने छौँ” नगरप्रमुख गैरेले भन्नुभयो “पश्चिम बागलुङको पर्यटकीय नाकाका रूपमा यसलाई चिनाउनेछौँ ।” शिवधुरी हुँदै कालिलेक पश्चिम बागलुङको पयटकीय पदमार्गसँग जोडिएको क्षेत्रसमेत हो ।

यातयातका साधनबाहेक पैदलयात्राका लागि यो मार्ग प्रयोग गरिँदै गलकोट, ताराखोला हुँदै विश्वकै पर्यटकीय गन्तव्य रहेको ढोरपाटन शिकार आरक्षण पुग्न सकिने ताराखोला गाउँपालिकाका अध्यक्ष घर्तीले बताउनुभयो । यही बाटो ढोरपाटनसम्म पर्यटक पठाउन सक्ने हो भने पर्यटकीयस्थल पञ्चकोट, बिहुँ, कालिलेक, शिवधुरी र घुम्टेको विकास गर्न सकिने घर्तीको तर्क छ । कालिलेकबाट घुम्टेको धुरी, शिवधुरी, गाजाको धुरी, झुलेनी, ताराखोला, गलकोट क्षेत्र देख्न सकिन्छ । कालिलेक ताराखोलाको पर्यटकीय गन्तव्यको रूपमा रहेको गाईघाट झरनासँग समेत पदमार्गले जोड्न आवश्यक छ । कालिलेकबाट धवलागिरि, अन्नपूर्णलगायतका दर्जनाँै हिमाल देख्न सकिन्छ । कालिलेक तीन स्थानीय तहका तीन नाकाबाट पदमार्गमार्फत पुग्न सकिन्छ । कालिलेकमा कालीपोखरी, मोतिमारे, कालीबराह क्षेत्रलगायतका धार्मिक तथा पुरातात्विक महत्व बोकेका स्थल छन् ।

कालिलेकमा काठेखोला गाउँपालिकाको रिजालचोक, ताराखोलाको माझर्खक र गलकोटको भुजुङ्गेबाट कालिलेक पुग्न सकिन्छ भने कालिलेक पुग्न व्यवस्थित पदमार्ग निर्माण भइरहेको इन्जीनियर कँडेलले बताउनुभयो । गत वर्ष सङ्घीय सरकारको रु १० लाख लागतमा रिजालचोकबाट कालिलेक पुग्ने र गण्डकी प्रदेश सरकारको रु २० लाख बजेटमा रिजालचोक छिन्केरीडाँडा, कालिलेक, कायस, चरौदी पदमार्ग निर्माण गरिएको छ । आठ किलोमिटर पदमार्ग विसं २०४७ मा गलकोटका समाजसेवी लीलबहादुर बुढाथोकी निर्माण गर्नुभएको पदमार्ग अहिले पुनः मर्मतकार्यसमेत गरिएको छ ।

कालिलेकलाई वनभोजस्थल र सूर्यास्त अवलोकनका लागि आन्तरिक पर्यटक जाने गरेका छन् । यस क्षेत्रमा साइक्लिङ ल्याण्डको सम्भावना रहेको कँडेलको भनाइ छ । एउटा सत्तल रहेको कालिलेकमा खानेपानी र शौचालयको व्यवस्थापन गर्न आवश्यक रहेको छ । तीन स्थानीय तहले गुरुयोजना बनाएर पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढ्ने साझा सहमति गरिएको छ । कालिलेक तथा शिवधुरी हुँदै पदमार्गमार्फत आएका पर्यटकलाई घरबासमा राख्नका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्न थालिएको गलकोट नगरपालिका–६ भुजुङ्गेस्थित स्टोन भिलेज सामुदायिक घरवासका अध्यक्ष कमला श्रीसले बताउनुभयो ।

नगदसहित आठ जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार जुवाको खालबाट नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–१० का सूर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बागलुङ नगरपालिका–११ का राजन आचार्य, सन्तोष केसी, बागलुङ नगरपालिका–२ का ज्ञानबहादुर कार्की, बागलुङ नगरपालिका–९ का कृष्णबहादुर सार्की र बाँके जिल्ला खजुरा गाउँपालिका–३ का तेजविक्रम क्षेत्रीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूको साथबाट नगद रु ५४ हजार ७०० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो । पक्राउ परेका सबैका बारेमा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।


संबिन्धत समाचारहरू

सबैका प्यारा थिए यी रिमाल दम्पती : सडकमै एकैसाथ ज्यान गुमाए

बर्दियाको हुलाकी सडक खण्ड नेपालगञ्ज गुलरीयामा पर्ने पचासामा सडक दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गएको हो ।

२० बर्षकि अप्सरा जस्ती श्रीमतिलाई यस्तो गरे (भिडियो)

नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङ निवासी अस्विन परियारले आफ्नै श्रीमतीलाई ता’तो तेल ख’न्याए

साथीको श्रीमतीसँग बस्यो यस्तो स’म्बन्धको पोल खुलेपछि…

सहकर्मीकै श्रीमतीसँग प्रेम सम्बन्ध राखी त्यसबारे पोल खुलेपछि साथीकै ज्यान लिने व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् । मकवानपुरका मान कुमार थिङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

चलचित्र ‘दानराज’ का निर्माता कार्कीलाई पितृशोक

छायांकनको अन्तिम तयारीमा रहेको चलचित्र ‘दानराज’ का निर्माता कल्याण रत्न कार्कीलाई पितृशोक परेको छ
Facebook Page
Advertisement