#TajaHeadlines
काठमाडौं, । सहकर्मीकै श्रीमतीसँग प्रेम सम्बन्ध राखी त्यसबारे पोल खुलेपछि साथीकै ज्यान लिने व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् । मकवानपुरका मान कुमार थिङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । गत वर्ष २८ साउनमा उनले ललितपुरको गुहेपोखरी बस्ने उदयपुरका हरि खड्काको ज्या’न लिएका थिए । खड्का र तामाङबीच सँगै मुर्ती बनाउने क्रममा चिनजान भएको थियो । हरिकी श्रीमती विष्णुसँग उनी नजिकिएका थिए ।
मानबहादुर र विष्णुबीच म्यासेज आदान प्रदान भएको हरिले थाहा पाएपछि वि वाद भएको थियो । त्यसपछि मानबहादुरङले हरीलाई भेट्न बोलाएर कु टपि ट गरी ज्यान लिएका थिए । सो घटनामा संलग्न मृतककी श्रीमती विष्णुसहित धने भन्ने आरुष थिङ, दिपक बम्जन, राज बम्जन तथा सागर वाईवालाई महानगरीय अ पराध महाशाखाबाट खटिएको टोलीले पहिला नै पक्राउ गरिसकेको थियो ।
खुम्य अभियुक्त खड्का त्यसबेला भारत भागेका थिए । उनलाई निरन्तर खोजी गरी मकवापुरबाट पक्राउ गरिउको महाशाखाका एसपी ईश्वर कार्कीले बताए ।-दृष्टिबाट
त्यस्तै जिल्ला प्रहरी कार्यालयले मकवानपुरले बकैया गाउँपालिका–४ निवासी २० वर्षीय विकास वाइवाको ज्यान लिने एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न सोही स्थान बस्ने २० वर्षीय शङ्खर भनिने भीमराज भोलनलाई प्रहरीले शनिबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
गत शुक्रबार दिउँसो बकैया ४ स्थित सिमाद खोलाको बगर नयाँदमारमा रहेको फुटवल चौरमा बसेर चु रोट खाइरहेको अवस्थामा वि वाद भएपछि भोलनले साथमा रहेको खु कुरीले वाइवाको ज्यान लिएको जिप्रकाका एसपी सुशील सिं राठौरले जानकारी दिए । घटनापछि भोलन फरार रहेका थिए । प्रहरीले भोलनको हुलिया र फोटो पत्राचार गरी खोजतलास गरेको थियो । फरार उनीलाई शनिबार बिहान ललितपुर वाग्मती गाउँपालिका–२ माल्टाका स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।
‘असल साथी पाउनु सबैको भाग्यमा हुँदैन र खराब साथी भेटाउनलाई खोज्नै पर्दैन ।’ यो भनाई धेरैको जीवनसंग मेल खाईरहेको हुन्छ । मकवानपुरका विकासको जीवनमा पनि यो भनाईको तालमेल मिलको छ । मकवानपुराका विकासले असल मानेका साथी खराब मात्र नभई अ पराधि रहेछन् । विकासले आफुले साथी मानेका शंकरलाई सुख र दुःखमा मात्र नभई आफुले प्रयोग गर्ने सबै कुराहरु शेयर गर्ने गर्दथे । उनले आफु जे खान्थे साथीलाई पनि त्यही खाना बाँडी खान्थे । विकासले साथी शंकरलाई आफुभन्दा पनि धेरै माया गर्थे र आफ्नो जीवनमा सबैलाईभन्दा माथि राखेका थिए ।
सोधपुछ क्रममा विकासले आफुलाई सधैं हो च्याउने गरेको र त्यो कुरा पहिलेदेखि आफुलाई मन नपरेको हुँदा यस्तो गरेको शंकरले प्रहरीलाई बयान दिएका छन् । अहिले उनीमाथि प्रहरीले क र्तव्य ज्या’न सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ । २० वर्षीय शंकर भन्ने भीमराज भोलन रहेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । इलाका प्रहरी कार्यालय ठिङ्गन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको टोलीले उनीलाई नियन्त्रणमा लिएको थियो । घटनाको विषयमा थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो पनि : पुराना वामनेता लामाको मृत्यु
मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहनुभएका लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना भएका थिए । उनको आज बिहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिए ।
विसं २०४९ मा मकवानपुर जिविसका सभापति बन्नुभएका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । विसं २०३३ मा लामासहित सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिष्ट नेताहरु नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए । विसं २०६२/६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्को सदस्य रहनुभएका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए । लामा जिविस मकवानपुरका सभापति भएपछि उनकै पहलमा काठमाडौँलाई तराईसँग जोड्न मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । मदन भण्डारी मार्गका रुपमा चिनिने उक्त मार्गबाट अहिले दैनिक सयौँ सवारी आवतजावत गर्ने गर्छन् ।
उत्तरी मकवानपुरको फाखेलका स्थायी बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र तीव्र वि वाद भएपछि अशोक राईको नेतृत्वमा लामासहित नेताले तत्कालीन नेकपा एमाले परित्याग गरेका थिए ।
पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उहाँको आज निधन भएको मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए । उनि विगत दुई वर्षदेखि मधुमेह र उ च्चरक्त’चाप रोगले गर्दा दुवै मिर्गाैला काम नलाग्ने भएपछि उपचारका लागि स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
यो पनि : हेटाैडा औद्योगिक क्षेत्रका उद्योगमाथि कारबाही गरिने
हेटाँैडास्थित औद्योगिक क्षेत्रमा रहेको ७५ प्रतिशतभन्दा बढी उद्योगले गुणस्तर तथा नापतौल विभागअन्र्तगतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र नलिएर सञ्चालन गरेको जनाएको छ । सो औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको तर २५ वटा उद्योगले मात्र उत्पादन गरेको सामानको बिक्रीवितरणका लागि नापतौल अनुमतिपत्र लिएको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।
कार्यालय प्रमुख शशिभुषण यादवका अनुसार उद्योगहरुले नापतौल यन्त्रको जाँच गराएर कारोबारका लागि अनुमतिपत्र लिनुपर्छ र त्यसो नगर्दा कारबाहीमा पर्ने बताइएको छ । उहाँले कानूनी दायरामा नआउने उद्योगलाई नापतौल ऐन २०२५ अनुसार कारबाही गरिने बताउनुभयो । पटकपटक जानकारी गराउँदासमेत अटेर गरेकाले अनुगमन गरी कारबाहीस्वरुप जरिवाना तथा मुद्दा दायर गर्ने उहाँको भनाइ छ ।
उपभोक्ता हितका लागि पनि नापतौल यन्त्रको कानूनीरुपमा जाँच आवश्यक रहेको छ । तौलमा ठगिने समस्या रहेको छ । हेटाँैडा औद्यौगिक क्षेत्रमा चाउचाउ, बिस्कुट खाद्यान्न, मैदा, दुग्धपदार्थ, खानेपानी मिनरल वाटर, साबुन, सर्फ, पेन्टस तथा निर्माण सामग्रीलगायत अन्य उद्योगहरु सञ्चालमा रहेको बताइएको छ । बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन कार्य क्षेत्र रहेको सो क्षेत्रीय कार्यालयले चालू आर्थिक वर्षको कात्तिक १५ सम्ममा दुई दर्जन पेट्रोल पम्प तथा उद्योगको अनुगमन र निरीक्षण गरी नापतौल यन्त्रको जाँच तथा नवीकरण गरेको जनाएको छ ।
त्यस्तै कार्यालयले हेटाँैडामा डोर खटाई व्यावसायिक फर्महरुको नापतौल यन्त्रको दर्ता, नवीकरण, जाँच, जरिवाना र राजश्व सङ्कलन शुरु गरेको छ । कार्यालयका सहायक निरीक्षक वीरेन्द्र उपाध्यायको नेतृत्वमा आएको चार कर्मचारीसहितको टोलीले तीन दिनमा ६० व्यावसायिक फर्मको नापतौल यन्त्रको नवीकरण गरेको छ । तोकिएको समयमा नवीकरण नगराउने ४५ व्यावसायिक फर्मलाई जरिवाना र तीनवटा फर्मको नयाँ दर्ता भएको उपाध्यायले जानकारी दिनुभयो । प्रत्येक दुई वर्षमा ढक तराजु र लिटर तथा डिजिटल इलेक्ट्रोनिक नापतौल यन्त्रको प्रमाणीकरण गराउनुपर्ने प्रावधान रहेको छ ।
www.tajakura.com is the site, where all types of news as celebrities, programmes, gossip, and all kinds of news are included. We includes women beauty tips, celebrity's activities, television news, life style, healthy tips and many more. You can find daily news and international buletins and the mixed news of political issues, social education, cultural activities, Education, Business and several topics. Please log on the site and send the information at info@tajakura.com.
Reg. No: 147/073-074 Contact: 9851011046 Team Details Propritor: Shova Manandhar Reporters: Ramesh Aryal Rabin Chaudhary
Managing Director: Sunil Shrestha
Executive Director: Hari Manandhar
Bag Bazar, Kathmandu
POB No: 9752,
Phone: 01-4248668
e-mail: info@tajaukura.com