Tue 19 Jan 2021
Taja Kura Banner

#TajaHeadlines

मात्रै १ हजारमा किनेको औंठी १० करोड ७५ लाखमा बिक्रि भएपछि…

एजेन्सी । कहिले काहिँ मानिसलाई नसोचेको फाइदा पुग्छ । समान्य देखिएका चिजबस्तु पनि कहिलेकाहिँ निकै महत्वपूर्ण बन्न जान्छ । यस्तै भएको छ, बेलायतको लण्डनमा बसोबास गर्ने डेब्रा गोडार्डलाई । उनी अस्वभाविक रुपमा करोडपति भएकी छिन् ।

द सनमा प्रकाशित समाचार अनुसार गोडार्डसँग विगत ३० वर्षदेखि एउटा सुनको औंठी थियो । जसमा एउटा चम्किलो पत्थर जडान गरिएको थियो । उक्त औंठी गोडार्डकी आमाले सेलमा १० पाउन्ड९१ हजार ४ सय ५३ रुपैयाँ० मा किनेकी थिइन् ।डेब्रा गोडार्ड
अहिले तिनै आमा बिरामी भएपछि गोडार्ड उक्त औंठी बेच्ने मनसायले गहना पसल पुगिन् । गहना पसलेले उक्त औंठीमा भएको पत्थर सामान्य काँच नभएर बहुमूल्य हीरा भएको बताउँदै त्यसलाई लिलामीमार्फत बिक्री गर्न सुझाव दिए ।

गहना पसलेको सुझावअनुसार गोडार्ड सामान लिलाम गर्ने केन्द्रमा पुगिन्, जहाँ उनको औंठीमा जडान गरिएको हीराले ७ लाख ४० हजार पाउन्ड ( करिब १० करोड ७५ लाख नेपाली रुपैयाँ ) प्राप्त गर्यो । यति धेरै पैसा आएपछि अहिले यी आमा–छोरी अभावग्रस्त जीवनबाट मुक्त भएका छन् ।


संबिन्धत समाचारहरू

तिम्रो आँखाको भाकामा म्यूजिक भिडियो डिजिटल प्लेटफर्ममा सार्वजनिक

जीवन आचार्यको निर्देशनमा बनेको म्यूजिक भिडियो तिम्रो आँखाको भाकामा डिजिटल प्लेटफर्म युट्युबमार्फत सार्वजनिक गरिएको छ।

सज्जा चौलागाईँ बनिन् नेपाल आइडल सिजन –३ को बिजेता

शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जा नेपाल आइडल ३ को बिजेता बन्न सफल भएकी हुन्।

विदेशी मिडियामा छाइन् नेपाली ‘क्युट’ बालिका

एउटी नेपाली सानी बालिकाले अहिले विदेशी मिडियामा समेत चर्चा पाउन थालेकी छिन्

Sonakshi Sinha, your journalist needs a fact check

Noor the film is as mixed up as its female protagonist of the same name: it gets some things right and the others horribly wrong.
Facebook Page
Advertisement