Tue 19 Jan 2021
Taja Kura Banner

#TajaHeadlines

टिचिङ जान्छु भनेका डा. केसीलाई ट्रमा सेन्टरमा लैजान यस्तो जबरजस्ती गरेपछि... (भिडियो हेर्नुस्)

काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीले आफूलाई अ'पह'रण गरेर काठमाडौंको ट्रमा सेन्टरमा पु'र्याइएको बताएका छन् । नागरिक अधिकारको हनन् भएको भन्दै उनले आफूलाई शिक्षण अस्पताल लैजान आग्रह समेत गरेका छन्।

केसीलाई आज नेपालगन्जबाट काठमाडौं ल्याइएको थियो। उनलाई विमानस्थलबाट एम्बुलेन्समा शिक्षण अस्पताल लैजाने भनेर राखिए पनि ट्र'मा सेन्टर लगिएको थियो। उनी शिक्षण अस्पताल लैजानु पर्ने भन्दै एम्बुलेन्सबाट बाहिर निस्कन मानेका थिएनन्।

तर प्रहरीले उनले ज'बरज'स्ती निकालेको थियो। सरकार, टिचिङ अस्पतालका निर्देशक र डीनको निर्देशनमा आफ्नो अ'पह'रण भएको उनले बताए । उनले यस्तो ता'नाशाही शैली अब नचल्ने समेत जनाए। ‘जबसम्म मलाई टिचिङ अस्पताल लगिन्न तबसम्म ब्लड प्रेसर, रगत, तापक्रम नाप्न दिन्न र स्लाइन पनि म लिनेवाला छैन,’ डा. केसीले भने।

जुम्लाको एक मन्दिरमा अनशन बसेका केसीलाई हिजो नेपालगन्ज ल्याइएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, पीसीआर परीक्षणलाई तीव्र पार्नुपर्ने लगायतका माग राख्दै केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए। भिडियोः


संबिन्धत समाचारहरू

आज पनि ओरालो लाग्यो सुनको मूल्य

आइतबार तोलामा रु दुई हजार ३०० ले ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ

अमेरिकामा बाइडनले जित्दा नेपालमा एमसीसीको चासो

अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । आगामी जनवरी २० मा अमेरिकी संविधान अनुसार बाइडनले राष्ट्रपति पदको सपथ लिने छन् ।

अत्यधिक चिसोले हुम्लामा पानी जम्न थाल्यो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ

बेलाैरीबासीले देखाए बीरता: हतियारसहित नेपाल भित्रिएका भारतीय एसएसबीलाई मगाए माफी!

आईतबार हतियार सहित कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र बेलौरी नगरपालिका १० भुडा पुगेका भारतीय एसएसबी माफी माग्दै फर्किएका छन् । पटक पटक नेपाली भूमिमा हतियार सहित प्रवेश गर्न पल्केका भारतीय एसएसबीलाई स्थानीयले लखेटेपछि माफीमाग्दै फर्कीएका हुन् ।
Facebook Page
Advertisement