Tue 19 Jan 2021
Taja Kura Banner

#TajaHeadlines

सौराहाका होटल तथा रेष्टुरेन्ट खोल्ने तयारी

चितवन-गत चैत ११ गते देखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु खोल्ने तयारी गरिएको छ । व्यवसायीहरुले स्वास्थ्य मापदण्ड पालना गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन ।

पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडान समेत सूचारु भएपछि पर्यटन क्षेत्र पनि सूचारु हुने तयारी भएको हो ।

लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउन ५ देखी २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले बताए ।

बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकदै गरेकोले केही आन्तरीक पर्यटक आउने आशमा सौराहाका व्यवसायी रहेका छन् ।

व्यवसायीहरुलाई सरकारले उपेक्षा गरेको उनीहरुको भनाई छ । चितवनको सौराहामा करिब २ सयको संख्यामा होटल तथा रेष्टुरेन्टहरु रहेका छन् । त्यस्तै ५ हजार ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउदै आएका छन् ।


संबिन्धत समाचारहरू

आज पनि ओरालो लाग्यो सुनको मूल्य

आइतबार तोलामा रु दुई हजार ३०० ले ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ

अमेरिकामा बाइडनले जित्दा नेपालमा एमसीसीको चासो

अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । आगामी जनवरी २० मा अमेरिकी संविधान अनुसार बाइडनले राष्ट्रपति पदको सपथ लिने छन् ।

अत्यधिक चिसोले हुम्लामा पानी जम्न थाल्यो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ

बेलाैरीबासीले देखाए बीरता: हतियारसहित नेपाल भित्रिएका भारतीय एसएसबीलाई मगाए माफी!

आईतबार हतियार सहित कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र बेलौरी नगरपालिका १० भुडा पुगेका भारतीय एसएसबी माफी माग्दै फर्किएका छन् । पटक पटक नेपाली भूमिमा हतियार सहित प्रवेश गर्न पल्केका भारतीय एसएसबीलाई स्थानीयले लखेटेपछि माफीमाग्दै फर्कीएका हुन् ।
Facebook Page
Advertisement