Tue 19 Jan 2021
Taja Kura Banner

#TajaHeadlines

काठमाडौँ उपत्यकामा ६४७ सहित आज कहाँ कति थपिए संक्रमित (विवरणसहित)

काठमाडौँ- विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३५६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

जसमध्ये काठमाडौँमा मात्रै ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् ।

संक्रमित ८२३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा ४८ हजार ६१ जनाले कोरोना जितेका छन् ।

यसअघि हिजो १६ जनाको मृत्यु पुष्टि भएको थियो । १ हजार १५४ जना कोरोना संक्रमित थपिँदा १ हजार ५ जनाले कोरोनालाई जितेका थिए ।


संबिन्धत समाचारहरू

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२९ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउँनेको संख्या ४२९ पुगको छ

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ

मंगलबार थपिए हालसम्मकै धेरै संक्रमित, ११ काे मृत्यु

मंगलबार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

कोरोना संक्रमणबाट चार वर्षे बालिकासहित ७ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु पुष्टि भएको छ । महोत्तरीका चार बषर्ीया बालिकासहित दुई जना र चितवन, रुपन्देही, गोरखा, पर्सा र झापाका एक-एक जनाको मृत्यु भएको हो ।
Facebook Page
Advertisement