#TajaHeadlines
एजेन्सी- लिग वान अन्तर्गत तनावपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सिलेका खेलाडीबीच खेल मैदानमै झडप भएको छ । आइतबार राति पीएसजीको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा खेलाडीहरूबीच झडप भएको हो ।
दोस्रो हाफको इन्जुरी समयमा पीएसजीका तीनसहित ५ खेलाडीले रातो कार्ड पाएका थिए । खेलको अन्तिम मिनेटमा पीएसजी स्टार नेयमारलेसमेत रातो कार्ड खादै मैदानबाट बाहिरिए । मैदान बाहिरिने क्रममा ब्राजिलियन फरवार्डले आफूमाथि जातीय टिप्पणी गरिएको बताएका थिए ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका पीएसजीका लिएन्ड्रो परेडेस र लेविन कुर्वावा तथा मार्सिलेका जोर्डन अमावी र डेरियो बेनेडेटोसंगै नेयमारलाई मैदान बाहिर पठाईएको थियो ।
नेयमार र अल्भारो भन्दाअघि मार्सिलेका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट ताने, त्यसपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए । त्यसअघि खेलको ३१औं मिनेटमा अफसाइड बिट गर्दै फ्लोयिन थुविनले मार्सिलेका लागि गरेको गोल नै निर्णायक बन्यो । योसँगै पीएसजी आफ्नो दोस्रो खेलमा घरेलु मैदानमा नै पराजित भएको छ ।
www.tajakura.com is the site, where all types of news as celebrities, programmes, gossip, and all kinds of news are included. We includes women beauty tips, celebrity's activities, television news, life style, healthy tips and many more. You can find daily news and international buletins and the mixed news of political issues, social education, cultural activities, Education, Business and several topics. Please log on the site and send the information at info@tajakura.com.
Reg. No: 147/073-074 Contact: 9851011046 Team Details Propritor: Shova Manandhar Reporters: Ramesh Aryal Rabin Chaudhary
Managing Director: Sunil Shrestha
Executive Director: Hari Manandhar
Bag Bazar, Kathmandu
POB No: 9752,
Phone: 01-4248668
e-mail: info@tajaukura.com