Tue 19 Jan 2021
Taja Kura Banner

#TajaHeadlines

भिण्डीका फाइदा : चाउरीपना हटाउनेदेखि मुटुसम्बन्धी रोग नियन्त्रणसम्म

काठमाडौं- भिण्डी के हो ? सबैलाई थाहा भएकै कुरा हो । यो तरकारीका रुपमा सबैले प्रयोग गरेका हुन्छ । कतिपय मानिसलाई भिण्डी मनपरे पनि केहीले यसको तरकारी मनपराउँदैनन् ।

तर यसको विशेषता जान्ने र बुझ्नेले भने सही तरिकाले प्रयोग गरिरहेका हुन्छन् । आज हामीले भिण्डीको प्रयोगले मानव स्वास्थ्यमा पुर्‍याउने विवध फाइदाका विषयमा जानकारी दिएका छौं ।

हरियो साग सब्जीका रुपमा भिण्डीको प्रयोग गर्ने गरिन्छ । नेपाल लगायत विश्वका अन्य देशहरुमा पनि मानिसद्वारा भिण्डीको परिकारलाई अत्याधिक मन पराइन्छ।

भिण्डीमा शरीरका लागि लाभदायक हुने विभिन्न खनिज तत्वहरु पाइने गर्दछ। यसमा पाइने गुणकारी तत्वहरुले शरीरको अनावश्यक तौल घटाउनदेखि लिएर मुहारमा चमक तथा चाउरीपना कम गर्न मद्दत गर्दछ।

भिण्डीका फाइदाहरु भिण्डीमा पाइने पेक्टिनका कारण यसले शरीरको कोलेस्ट्रोललाई घटाउन मद्दत गर्दछ।

साथै यसमा पाइने सोल्युबल फाइबरले रगतमा कोलेस्ट्ट्रोललाई नियन्त्रण गरि मुटु रोगको जोखिम कम गर्दछ। भिण्डीमा प्रशस्तमात्रामा पाइने यूजेनोल मधुमेहका विरामीका लागि फाइदाजनक हुनेगर्दछ। यूजेनोलले शरीरमा सुगरको मात्रा नियन्त्रण गरी, मधुमेह हुने जोखिम कम गर्दछ।

एनिमियाका बिरामीहरुका लागि पनि भिण्डी निकै प्रभावकरी शब्जी हो। भिण्डीमा पाइने आइरनले हेमोग्लोविनको निर्माण गर्न मदत पुर्याउँदछ र भिटामिन के ले रक्तश्राव रोक्ने कार्य गर्दछ।

भिण्डीमा भरपुर मात्रामा सोल्युबल फाइबर पाइन्छ जुन पाचन प्रणालीका लागि अत्यन्तै प्रभ्कारी हुन्छ। यसले पेट फुल्ने, कब्जियत र ग्यास जस्तो समस्याहरु हुन दिँदैन। साथै हड्डी बलियो बनाउनका लागि पनि भिण्डी फाइदाजनक शब्जी हो।

भिण्डीमा भिटामिन सी सँगै एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइने हुँदा यसले प्रतिरक्षा प्रणालीलाई सुधारगर्नुका साथै विभिन्न संक्रामक रोगहरुसँग लड्न मद्दत गर्दछ। यसको सेवनले चिसोलाग्ने समस्या पनि कम हुन्छ।


संबिन्धत समाचारहरू

आँखा चिलायो भन्दै अस्पताल पुगेका व्यक्तिको आँ खामा जे भेटियो जसले डाक्टरनै चकित !

सामाजिक संजाल साथै अन्तराष्ट्रिय संचार माध्यममा एक स माचार यति धेरै फैलियो की जसको का रण थाहा पाउँदा जो कोही हैरान हुनेछन्

स्तनपान गराइरहेका महिलाहरुले आफ्नो स्तनको ख्याल कसरी गर्ने ?

विश्व स्तनपान सप्ताह सकिएको केहि दिन मात्र भएको छ। विश्वभर हरेक वर्ष अगस्ट १ देखि ७ सम्म साताव्यापी संसारभर विश्व स्तनपान दिवस मनाउने गरिएको छ

नुन पानी पिउनुका यस्ता छन् आश्चर्यजनक फाइदा

हाम्रो शरिरलाई स्वास्थ राखिराख्न पानीको महत्वपुर्ण भुमिका हुन्छ । हामिले प्रशस्त पानी पिएमा शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न सकिन्छ

यस्ता समस्या भएको बेला नखानुहोस् कागती

स्वादमा अमिलो हुने कागतीमा प्रशस्त भिटामिन ‘सी’ पाइन्छ । यसको सेवन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।
Facebook Page
Advertisement