Tue 19 Jan 2021
Taja Kura Banner

#TajaHeadlines

नेसन्स लिग फुटबल: इटली बराबरीमा रोकिदा नेदरल्याण्डसको जित

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत गएरातिका खेलमा बलियो टोली मानिएको इटली बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिदा नेदरल्याण्डसले पोल्याण्डलाई हराएको छ ।

इटलीले घरेलु मैदानमा बोस्नियासँग १–१ गोलको बराबरी खेलेको हो । म्यान्चेष्टर सिटीका इडिन जोकोले गोल गर्दै पाहुना टोली बोस्नियालाई अघि बढाएका थिए । स्टेभानो सेन्सीलेले बराबरी गोल फर्काउदै इटालीको हार टारेका थिए ।

समूह ‘ए’ को खेलमा नेदरल्याण्डसले पोल्याण्डलाई हराएको छ । प्रिमियर लिग क्लब टोटेनहमका स्टीवन बर्गविजनको गोलमा डच टिमले जित निकालेको हो ।

घरेलु मैदानमा हान्स हेटबोयरको पासलाई सदुपयोग गर्दै बर्गविजनले खाली पोस्टमा गोल गरेका थिए । लिभरपुलका भर्जिल भान डिजिकको नेतृत्वमा नेदरल्याण्डस मैदान उत्रिएको थियो । म्यान्चेष्टर युनाईटेडमा भर्खरै ३५ मिलियन पाउण्डमा आबद्ध भएका डोन भान डी विक वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।

पोल्याण्ड मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्की बिनै मैदान उत्रिएको हो । गत महिनामात्र उनले बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।


संबिन्धत समाचारहरू

नेयमारसहितको पीएसजी र मार्सिलेका खेलाडीबीच मैदानमा झडप, पीएसजीको लगातार दोस्रो हार

लिग वान अन्तर्गत तनावपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सिलेका खेलाडीबीच खेल मैदानमै झडप भएको छ

नेयमार, डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मेस्सीले बार्सिलोना छाड्ने निश्चित ! मेस्सीका पिताले बार्सिलोनाका अध्यक्षलाई भेट्दै

स्टार फुटबलर लियोनेल मेस्सीका पिता जर्जले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग भेट्ने भएका छन् ।

सीपीएल २०२० सिजनमा पूरनको पहिलो सतक

आइतवार सेन्ट किट्स एन्ड नेसिव प्याट्रियस बिरुद्वको खेलमा पूरनले आफ्नो टि–२० करियरकै पहिलो सतक प्रहार गरेका हुन ।
Facebook Page
Advertisement