Tue 19 Jan 2021
Taja Kura Banner

#TajaHeadlines

रूसी विपक्षी नेता नाभाल्नीलाई स्नायुमा असर गर्ने विष दिइएको जर्मनीको दाबी

एजेन्सी - रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई स्नायुमा असर गर्ने एउटा विष दिइएको जर्मनीले दाबी गरेको छ । नभाल्नीलाई नोभिचोक नर्भ एजेन्ट नामक विषादी दिइएको ‘स्पष्ट प्रमाण’ आफूसँग सुरक्षित रहेकोसमेत जर्मनीले जनाएको छ।

गत महिना साइबेरियामा उडानमा रहेको बेला अचानक बिरामी भएपछि नभाल्नीलाई उपचारका लागि बर्लिन पुर्‍याइएको छ ।

जर्मनीको एक अस्पतालमा उपचाररत उनी अहिले कोमामा छन्। सुरुवाती उपचार रुसमा भएपनि त्यहाँका चिकित्सकहरूको असमतीका बाबजुद नाभाल्नीका समर्थक र आफन्तले दबाब दिएपछि उनलाई थप उपचारका लागि जर्मनी लान अनुमती दिइएको थियो ।

जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको हत्या प्रयास भएको त्यस्तो पदार्थ नभाल्नीको सम्पर्कमा कसरी आयो भन्ने जवाफ रुस सरकारले मात्र दिन सक्ने बताएकी छन् ।

भ्रष्टाचार विरोधी ४४ वर्षीय नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन्।


संबिन्धत समाचारहरू

फिलिपिन्समा दोस्रो विश्वयुद्धपछिकै शक्तिशाली तुफान, ४ हजार बढीले ज्यान गुमाए

दुई दिनदेखि चलेको यस तुफानमा परेर ४ हजार ३ सय ५३ जनाले ज्यान गुमाए । यो दोस्रो विश्वयुद्धपछिकै सर्वाधिक शक्तिशाली तुफान थियो

फिलिपिन्समा दोस्रो विश्वयुद्धपछिकै शक्तिशाली तुफान, ४ हजार बढीले ज्यान गुमाए

दुई दिनदेखि चलेको यस तुफानमा परेर ४ हजार ३ सय ५३ जनाले ज्यान गुमाए । यो दोस्रो विश्वयुद्धपछिकै सर्वाधिक शक्तिशाली तुफान थियो

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको पुष्टि भएको छ। मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग गर्न आग्रह गर्दै लगातार ट्वीट भएका थिए ।

भारतमा अहिलेसम्मकै धेरै ८२ हजार बढीमा कोरोना संक्रण

भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
Facebook Page
Advertisement