#TajaHeadlines
काठमाडौँ। विश्व स्तनपान सप्ताह सकिएको केहि दिन मात्र भएको छ। विश्वभर हरेक वर्ष अगस्ट १ देखि ७ सम्म साताव्यापी संसारभर विश्व स्तनपान दिवस मनाउने गरिएको छ। यो एक वार्षिक उत्सव हो जुन १२० भन्दा बढी देशहरूमा मनाइने गरिन्छ। स्तनपान गराउन र विश्वभरिका बच्चाहरूको स्वास्थ्य सुधार गर्न यस दिवसको मुख्य उधेश्य हो।
यस दिवसको लागी एक्यवद्दता जनाउन नेपालले पनि सन् १९९२ बाट स्तनपान, प्रसूति र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले थुप्रै कार्यक्रम तथा परियोजना गर्न थालेको हो। स्तनपानले आमाहरूमा स्तन क्यान्सर, डिम्बग्रंथि क्यान्सर, टाइप २ मधुमेह, र हृदय रोगको जोखिम कम गर्दछ। आमाको दुधमा एन्टिबडीहरु पर्याप्तरुपमा पाइने भएका कारण यसले च्चालाई भाइरस र ब्याक्टेरियाहरूसँग लड्न मद्दत पुर्याउदछ।
यसैगरी आमाको दुधले बच्चाको दम वा एलर्जीको जोखिम कम गर्छ। यसबाहेक, कुनै शिशुलाई लगातार ६ महिनासम्म स्तनपान गराइयो भने बच्चाहरुमा कानको संक्रमण र श्वासप्रश्वाससम्बन्धी रोग, र पखाला लाग्ने जोखिम कम हुने गर्दछ।
तर, हिजोआज धेरै महिलाहरुले आफ्नो स्तनको आकार विग्रिने तथा अन्य स्तन सम्वन्धी समस्याको सामना गर्नुपर्ने डरले स्तनपान गराउने रोक्ने गर्दछन्। यदि तपाई पनि स्तनपान गराउँदा आफ्नो स्तनको आकार बिग्रिन्छ भनेर डराउनु भएको छ भने अब नडराउनुहोस। यस लेखको माध्यमबाट स्तनको कसरी ख्याल गर्ने भन्ने बारेमा केहि सुचना यहाँ प्रदान गरिएको छ।
स्तनको मालिस : बच्चालाई स्तनपान गराइसकेपछि आफ्नो स्तनलाई बेबी वाइप्सले सफा गर्नुहोस। आफुलाई फुर्सद भएको बेला आफ्नो स्तनलाई नरिवलको तेल, बेबी ओइल वा बेबी लोसनले आफ्नो स्तनलाई मालिस गर्नुहोस। तेलले स्तनलाई खुकुलो हुन दिदैन। यसैगरी, स्तानलाई बच्चाको थुप अथवा आफ्नै दुधले पनि मालिस गर्न सकिन्छ।
निप्पलमा घ्युको प्रयोग : धेरै महिलाहरुमा स्तनपान गराइसकेपछि निप्पल चिलाउने समस्या हुन्छ। यस्तो समस्याबाट बच्न आफ्नो निप्पलमा घ्युको प्रयोग गर्नुहोस। घ्युले चिलाउने पना पनि नियन्त्रण गर्छ भने निप्पल फुटेको समस्यालाई पनि हाल गर्ने गर्छ।
छातीमा भएको कपाललाई साफ गर्नुहोस् : कतिपय अवस्थामा स्तनपान गराइरहेको बेला बच्चालेहरुले छाती वा स्तनमा भएका कपालहरुलाई उखेल्ने गर्दछन। यस्तो भएमा बेला बेलामा आफ्नो स्तन वा छातीमा भएका रौँलाई हटाउने क्रीम आवधिकरूपमा प्रयोग गर्नुहोस्।
स्तनमा महको प्रयोग : चिकत्सकहरु बच्चालाई कम्तिमा छ महिना सम्म स्तनपान गराउने सल्लाह दिन्छन्। यसै समयमा कतिपय बच्चाहरुको दाँत उम्रिन थालिसकेका हुन्छ र कहिलेकाँही स्तनपान गरिरहेको बेला टोक्ने सम्भावना पनि बढी हुन्छ। यस्तो बेला आफ्नो शिशुलाई आफैले गाइड गर्नुहोस, स्तनमा थोरै मह लगाई बच्चालाई अन्यत्र मुख लान नदिनुहोस्।
www.tajakura.com is the site, where all types of news as celebrities, programmes, gossip, and all kinds of news are included. We includes women beauty tips, celebrity's activities, television news, life style, healthy tips and many more. You can find daily news and international buletins and the mixed news of political issues, social education, cultural activities, Education, Business and several topics. Please log on the site and send the information at info@tajakura.com.
Reg. No: 147/073-074 Contact: 9851011046 Team Details Propritor: Shova Manandhar Reporters: Ramesh Aryal Rabin Chaudhary
Managing Director: Sunil Shrestha
Executive Director: Hari Manandhar
Bag Bazar, Kathmandu
POB No: 9752,
Phone: 01-4248668
e-mail: info@tajaukura.com