Sat 17 Nov 2018
Taja Kura Banner

#TajaHeadlines

पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्सालले छोरीको उपचारका लागि सहयोगको याचना


पोखरा । भलिवलका पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्सालले छोरीको उपचारका लागि सहयोगको याचना गरेका छन् ।


कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ साविक घाचोक निवासी लम्साल १४ वर्षीया छोरी अलिशा लम्साल हड्डीको क्यान्सरबाट पीडित भएर आर्थिक अभावमा उपचार गर्न नसकेपछि उनले सहयोगको याचना गरेका हुन् ।

अलिसा विगत २ वर्षदेखि हड्डीको क्यान्सरसँग लडिरहेकी छन् । उनको उपचार भइरहे पनि अझै निको भइसकेको छैन ।

शुक्ला गण्डकी माविमा कक्षा १० मा अध्ययनरत उनी विरामीकै कारण विद्यालय जानबाट बञ्चित हुँदै आएकी छन् । उपचारका लागि कहिले अस्पताल त कहिले थलिएर घरमै बस्नुपर्ने भएकाले उनी अध्ययनबाट बञ्चित भएको परिवारले जनाएको छ ।

२०७३ वैशाख देखि अलिसालाई गर्धनमा समस्या देखिएको र पछि त्यो दुखाईले टाउको चलाउनसमेत समस्या भएपछि चिकित्सको सल्लाहमा राजधानीको ग्राण्डी अस्पतालमा सर्भाईकल स्पाईन अप्रेसन गरिएको थियो ।
वायोस्पी परिक्षणमा हड्डीको क्यान्सर प्रमाणित भएपछि विभिन्न चरणमा राजधानीकै ग्राण्डी हस्पिटल, सिभिल अस्पताल, काठमाण्डौ क्यान्सर सेन्टरमा र पोखराको फिस्टेल हस्पिटलमा किमो र रेडीयोथेरापी गरिएको वुवा लेखनाथ लम्सालले जानकारी दिए ।

छोरीको उपचारको क्रममा ३२ लाख जति खर्चर् भइसकेको लम्सालले बताए । उनको स्वास्थ्यमा केहि सुधार भएपनि गत कात्तिकमा पुनः जचाउँदा क्यान्सर नघटेको रिपोर्ट आएपछि लम्साल परिवार चिन्तित बनेका छन् ।

अलिसाको बोन म्यारो ट्रान्सप्लान्टमार्फत निको पार्न सकिने भएपनि खर्च अभावमा उपचार गर्न नसकिएको बुबा लेखनाथ लम्सालले बताए । उनका अनुसार अलिसाको उपचारका लागि अझै २० देखि २५ लाख रुपैयाँ आवश्यक पर्छ ।
तर, उक्त रकम आफूसँग नहुँदा उपचार गर्न असमर्थ भएको बताउँदै उनले मनकारीहरुलाई सहयोग गरिदिन आग्रह गरे ।

लेखनाथले नेपाल प्रहरीमा हुँदा प्रहरी टिमवाट राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु खेले । सन् २००१ मा पाकिस्तानमा तय भएको भलिवलको नवौं साफ गेममा राष्ट्रिय टिममा समेत परेका उनले खेल स्थगित भएका कारण खेल्न भने पाएनन् ।

अलिसालाई सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाहरुले उनको नाममा ओम डेभलपमेन्ट वैँक शाखा कार्यालय हेम्जामा खोलिएको बचत खाता नं ००५००७००१८१५५८०००००१ मा सहयोग रकम जम्मा गर्न सकिने छ ।


संबिन्धत समाचारहरू

अब रत्नर्पाकमा बस चढ्नलाई युद्ध लड्नु पर्दैन

आज काठमाडौंका विभिन्न स्थानमा रहेका बस स्टपमा नौलो दृश्य देख्न पाइयो । सार्वजनिक यातायात चढ्न काठमाडौंमै यात्रुहरु लाइनमा देखिए । धेरैले यस्ता दृश्यलाई अचम्म मानेर हेरे ।

प्रेम बानियाँले अमेरिकामा बसेर फेसबुकमा यस्तो लेखेपछि...

प्रेम बनिया लाखौँ स्रोता र दर्शकको माया पाएका आफ्ना सुभ चिन्तकका लागि बानियाँ अमेरिकाबाट आफ्नो फेसबुकमा यस्तो लेख्छन्

२१ करोडको राँगो : जसले दिनहुँ पिउँछ ब्राण्डेड स्कच, वार्षिक कमाउँछ ९० लाख

भारतको फरिदाबाद सुरजकुण्डमा चलिरहेको दोस्रो कृषि शिखर सम्मेलनमा ल्याइएको राँगोले सबैको ध्यान खिचेको छ। सम्मेलनमा आकर्षणको केन्द्र नै बनेको राँगोका सोख विचित्रका छन्।

यी हुन् नेपालको बद्नाम गर्न दुष्प्रचार गर्ने विदेशी आमा-छोरा, यस्तो रहेछ नेपाली महिलाले लखेट्नुको कारण

नेपालको पर्यटन क्षेत्र असुरक्षित रहेको दुष्प्रचार गर्ने बेलायती पर्यटकमाथि प्रहरीले निगरानी अगाडि बढाएको छ । पर्यटन विभाग र पर्यटक प्रहरीले स्थानीय तहसँगको सहकार्यमा अन्नपूर्ण सर्कल पदयात्रापछि विश्वभर नकारात्मक प्रसार
Facebook Page
Advertisement