Sat 17 Nov 2018
Taja Kura Banner

#TajaHeadlines

पाकिस्तानबाट अायो दुःखको खबर, चर्चमा बिस्फोट, ९ काे मृत्यु


लाहोर । पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार आत्मघाती आक्रमण भएके छ । आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले आत्मघाती आक्रमणमा ९ जनाको मृत्यु भएको र ४४ जना घाइते भएको जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समाचार लेखेका छन्. ।


घटनामा थप केही जना गम्भीर घाइते रहेका बताउँदै मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने प्रवक्ता वैगले बताएका छन् । घाइतेमध्ये नौ जनालाई गम्भीर चोट लागेको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमले घटनामा करिब १० देखि १५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग भएको बताएका छन् ।

बलोचिस्तान प्रान्तका आन्तरिक मामिला मन्त्री सर्फाज वुग्टीले चार जनाको समूहमा आएका आतंककारी जारगुम सडक क्षेत्रमा रहेको वेथेल मेमोरियल मेथोडेस्ट चर्चको प्रवेशद्वार नजिकै आक्रमण गरेका बताए ।

आक्रमणकारीले विष्फोटक पदार्थसहित चर्चमा प्रबेश गर्न खोज्दै गर्दा सुरक्षाकर्मीले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र एक अर्को व्यक्ति सुरक्षाकर्मीको गोली लागि घाइते भएको अवस्थामा आत्मघाती विस्फोट गराएको मन्त्री वुग्टीले बताए । दुई जना भने चर्चको भीडको फाइदा लिँदै भाग्न सफल भएका छन् ।

आक्रमण हुँदा चर्चमा प्रार्थनाका लागि करिब ५०० धर्माबलम्बी रहेका थिए । घटनामा घाइते सबैजनाको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।


संबिन्धत समाचारहरू

अमेरिकाले युद्ध घोषणा गर्यो: उत्तर कोरिया

संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाली आकाश क्षेत्रभन्दा बाहिर भएपनि अमेरिकी बमवर्षकहरुलाई गोली प्रहार गरेर खसाल्न उत्तर कोरियासँग अधिकार छ भन्ने दावीको भर्त्सना गरेको छ

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा भएको छ। खाडी मुलुकमा नेपाली कामदारको समस्याबारे स्थलगत अध्ययन गर्न गएको

ओछ्यानबाटै हराएका बालक १८ घण्टापछि यसरी खोलामा भेटिएपछि...

धादिङको वेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षीय बालक आमासँगै सुतिरहेको बेला सोमबार राती २ बजे बेपत्ता भएका थिए

एउटी निर्दयी सौतेनी आमा जसले ६ बर्षे छोराको यसरी हत्या गरिन् - भिडियो रिर्पोट सहित

जनकपुरको मुजेलिया गाँउ दुई दिनदेखि शोकमग्न छ । ३ दिन देखि हराएका साढे ६ बर्षका बालक कृष्ण राउतको शब घरकै सेफ्टिट्याँङ्कीमा फेला परेपछि परिवार र छिमेकी शोकमग्न बनेका हुन्
Facebook Page
Advertisement