Sat 17 Nov 2018
Taja Kura Banner

#TajaHeadlines

यी हुन् नेपालको बद्नाम गर्न दुष्प्रचार गर्ने विदेशी आमा-छोरा, यस्तो रहेछ नेपाली महिलाले लखेट्नुको कारण


काठमाडौं । नेपालको पर्यटन क्षेत्र असुरक्षित रहेको दुष्प्रचार गर्ने बेलायती पर्यटकमाथि प्रहरीले निगरानी अगाडि बढाएको छ । पर्यटन विभाग र पर्यटक प्रहरीले स्थानीय तहसँगको सहकार्यमा अन्नपूर्ण सर्कल पदयात्रापछि विश्वभर नकारात्मक प्रसार गरेको भन्दै बेलायती पर्यटक जेम्मा र चार्ली बेटेबारे अनुसन्धान गर्ने भएका हुन् ।

३५ वर्षीया जेम्मा र उनका १५ वर्षका छोरा चार्लीले आफ्नो गल्ती ढाकछोप गरी नेपालको प्रतिष्ठामा आँच आउने काम गरेको प्रहरीको ठहर छ । उनीहरू साउन ३० गते अन्नपूर्ण सर्कलमा पदयात्रा गरिरहँदा स्थानीय एउटा चियापसलमा पैसा नतिरी हिँडेपछि पसले महिलाले चियाको पैसा माग्दा नतिरी भिडियो खिचेर सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उक्त भिडियो युट्युब र बेलायतको एउटा अनलाइनबाट पोस्ट भएपछि भाइरल भएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ । जेम्मा र उनका छोरा चार्लीले ‘पदयात्रा क्षेत्रका होटललगायत विषयमा जानकारी नलिएको र नेपाली दक्ष पथप्रदर्शक प्रयोग नगरी आफूखुसी जथाभावी पदयात्रा गरेको’ प्रहरीको भनाइ छ ।

घटनाको ४५ दिनपछि बेलायतबाट नेपालको पर्यटन क्षेत्रबारे नकारात्मक सन्देश फैलाउने समाचार सार्वजनिक हुनुले उनीहरूमाथि कुनै अन्याय नभएको प्रस्ट हुने प्रहरीको तर्क छ । ‘समस्या भए स्थानीय प्रहरीलाई जानकारी दिन सक्थे तर कुनै जानकारी नगराई गलत हिसाबले यो काण्ड मच्चाउने प्रयास भएको छ । उनीहरूमाथि निगरानी सुरु गरेका छौं’, पर्यटक प्रहरी इकाइका अनुसन्धान अधिकृत दिनेश थापाले भने । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई बेलायत पुगेपछि मात्र ती पर्यटकले भिडियो सार्वजनिक गरेबाट आशंका पैदा भएको बताउँछन् । लोकान्तरको सहयोगमा


संबिन्धत समाचारहरू

पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्सालले छोरीको उपचारका लागि सहयोगको याचना

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ साविक घाचोक निवासी लम्साल १४ वर्षीया छोरी अलिशा लम्साल हड्डीको क्यान्सरबाट पीडित भएर आर्थिक अभावमा उपचार गर्न नसकेपछि उनले सहयोगको याचना गरेका हुन् ।

अब रत्नर्पाकमा बस चढ्नलाई युद्ध लड्नु पर्दैन

आज काठमाडौंका विभिन्न स्थानमा रहेका बस स्टपमा नौलो दृश्य देख्न पाइयो । सार्वजनिक यातायात चढ्न काठमाडौंमै यात्रुहरु लाइनमा देखिए । धेरैले यस्ता दृश्यलाई अचम्म मानेर हेरे ।

प्रेम बानियाँले अमेरिकामा बसेर फेसबुकमा यस्तो लेखेपछि...

प्रेम बनिया लाखौँ स्रोता र दर्शकको माया पाएका आफ्ना सुभ चिन्तकका लागि बानियाँ अमेरिकाबाट आफ्नो फेसबुकमा यस्तो लेख्छन्

२१ करोडको राँगो : जसले दिनहुँ पिउँछ ब्राण्डेड स्कच, वार्षिक कमाउँछ ९० लाख

भारतको फरिदाबाद सुरजकुण्डमा चलिरहेको दोस्रो कृषि शिखर सम्मेलनमा ल्याइएको राँगोले सबैको ध्यान खिचेको छ। सम्मेलनमा आकर्षणको केन्द्र नै बनेको राँगोका सोख विचित्रका छन्।
Facebook Page
Advertisement