Sat 17 Nov 2018
Taja Kura Banner

#TajaHeadlines

जिप दुर्घटनामा १२ जना घाइते


बाबियाचौर, म्याग्दी, १० असोज-  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ । एकजनाको बेनी अस्पतालमा उपचार भइरहेको र पाँचजना उपचारपछि घर गएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । 

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–७ की ३० वर्षीया लक्ष्मी गर्बुजा, २५ वर्षीया ममता पुर्जा, करिना फगामी, चालक धु्रव थजाली र सवारी धनी तुलबहादुर फगामीको रिजनल हस्पिटल र लालदेवी गर्बुजाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । 

बाह्र वर्षीया वर्षा फगामीको बेनी अस्पतालमा उपचार भइरहेको छ भने पाँचजना उपचारपछि राति नै घर फर्किएको प्रहरीले जनाएको छ । 

सडकबाट करिब ४० मिटर तल जिप खसेर दुर्घटना हुँदा घाइते भएकाहरुलाई स्थानीयवासी, प्रहरी र यातायात व्यवसायीले उद्धार गरेर राति नै बेनी ल्याएका थिए । साँघुरो, घुमाउरो र उकालो जीर्ण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


संबिन्धत समाचारहरू

देउवा सरकारको अर्को अलोकप्रिय निर्णय, कार्यकर्ता पोस्न १० करोड वितरण

सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ ।

टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा (रुटको सूचीसहित)

१४ असोजमा विजयादशमीका दिन सेनाले काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दरबारमार्गका व्यवसायीलाई कारबाही भएन, मन्त्रीकै निर्देशनमा पसल खुल्यो

उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् ।

सर्बेन्द्र खनालले ठुलो रिक्स लिदै गरे यस्तो डरलाग्दो निर्णय, काठमाडौंमा हुने भयो खैलाबैला

काठमाण्डौको ट्राफिक ब्यवस्थापनको भद्रगोल अवस्थालाई मिलाउंदै लगेका ट्राफिक प्रमुख सर्वेन्द्र खनालको पहलमा अर्काे एक नयां काम सुरु भएको छ । सवारी साधनको अत्याधिक चापका कारण
Facebook Page
Advertisement