Sat 17 Nov 2018
Taja Kura Banner

#TajaHeadlines

अमेरिकाले युद्ध घोषणा गर्यो: उत्तर कोरिया


संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाली आकाश क्षेत्रभन्दा बाहिर भएपनि अमेरिकी बमवर्षकहरुलाई गोली प्रहार गरेर खसाल्न उत्तर कोरियासँग अधिकार छ भन्ने दावीको भर्त्सना गरेको छ । ह्वाइटहाउसकी प्रवक्ता सारा हकाबी स्याण्डर्सले सञ्चारकर्मीहरुसँग भनिन्- वाशिङटनले युद्ध घोषणा गरेको भन्ने उत्तर कोरियाका विदेश मन्त्रीको भनाइ “हास्यास्पद” छ ।

उत्तर कोरियाली विदेश मन्त्री रि योङ होले युद्धविमानहरु उत्तर कोरियाली आकाशमा नरहेपनि गोली हानेर खसाल्ने अधिकार रहेको बताए । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेताको आयु अब धेरै नरहेको भन्दै गरेको ट्वीटको प्रतिक्रियामा उत्तर कोरियाका विदेश मन्त्रीको भनाइ आएको हो ।

विदेश मन्त्री होले न्यू योर्क छोड्नु अघि सञ्चारकर्मीहरुसँग भने, “सारा विश्वले स्पष्टसँग सम्झोस हाम्रो मुलुकमाथि युद्ध घोषणा पहिले अमेरिकाले गरेको हो ।” “त्यसैले हामीमाथि त्यसको प्रतिकार गर्ने अधिकार छ । त्यसमा हाम्रो आकाश क्षेत्रबाहिर भएपनि अमेरिकी रणनीतिक बमवर्षकहरु गोली हानेर खसाल्ने पनि पर्छ ।” दक्षिण कोरियाली विदेश मन्त्री काङ क्यूङ-ह्वाले अमेरिकालाई थप तनाव नबढाउन आग्रह गरेकी छन् । बीबीसी


संबिन्धत समाचारहरू

पाकिस्तानबाट अायो दुःखको खबर, चर्चमा बिस्फोट, ९ काे मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार आत्मघाती आक्रमण भएके छ । आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा भएको छ। खाडी मुलुकमा नेपाली कामदारको समस्याबारे स्थलगत अध्ययन गर्न गएको

ओछ्यानबाटै हराएका बालक १८ घण्टापछि यसरी खोलामा भेटिएपछि...

धादिङको वेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षीय बालक आमासँगै सुतिरहेको बेला सोमबार राती २ बजे बेपत्ता भएका थिए

एउटी निर्दयी सौतेनी आमा जसले ६ बर्षे छोराको यसरी हत्या गरिन् - भिडियो रिर्पोट सहित

जनकपुरको मुजेलिया गाँउ दुई दिनदेखि शोकमग्न छ । ३ दिन देखि हराएका साढे ६ बर्षका बालक कृष्ण राउतको शब घरकै सेफ्टिट्याँङ्कीमा फेला परेपछि परिवार र छिमेकी शोकमग्न बनेका हुन्
Facebook Page
Advertisement