Sat 17 Nov 2018
Taja Kura Banner

#TajaHeadlines

दरबारमार्गका व्यवसायीलाई कारबाही भएन, मन्त्रीकै निर्देशनमा पसल खुल्यो


१० असोज, काठमाडौं । उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् ।

मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यावसायिक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आपूर्तिमन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिनअघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो ।


मन्त्री मण्डलले ती फर्मलाई सिल गर्दै कालोबजारी ऐनअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबिनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


संबिन्धत समाचारहरू

जिप दुर्घटनामा १२ जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना

देउवा सरकारको अर्को अलोकप्रिय निर्णय, कार्यकर्ता पोस्न १० करोड वितरण

सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ ।

टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा (रुटको सूचीसहित)

१४ असोजमा विजयादशमीका दिन सेनाले काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

सर्बेन्द्र खनालले ठुलो रिक्स लिदै गरे यस्तो डरलाग्दो निर्णय, काठमाडौंमा हुने भयो खैलाबैला

काठमाण्डौको ट्राफिक ब्यवस्थापनको भद्रगोल अवस्थालाई मिलाउंदै लगेका ट्राफिक प्रमुख सर्वेन्द्र खनालको पहलमा अर्काे एक नयां काम सुरु भएको छ । सवारी साधनको अत्याधिक चापका कारण
Facebook Page
Advertisement