Tue 11 Dec 2018
Taja Kura Banner

#TajaHeadlines

सर्बेन्द्र खनालले ठुलो रिक्स लिदै गरे यस्तो डरलाग्दो निर्णय, काठमाडौंमा हुने भयो खैलाबैला


काठमाण्डौको ट्राफिक ब्यवस्थापनको भद्रगोल अवस्थालाई मिलाउंदै लगेका ट्राफिक प्रमुख सर्वेन्द्र खनालको पहलमा अर्काे एक नयां काम सुरु भएको छ । सवारी साधनको अत्याधिक चापका कारण काठमाण्डौको ट्राफिक ब्यवस्थापनमा कठिनाई भएकाले अब मालबाहक सवारी साधनलाई काठमाडौंको रिंगरोडमा गुड्न प्रतिवन्ध लगाइने भएको छ ।

ट्राफिक प्रहरी महाशाखामा बसेको ट्राफिकका प्रमुख सर्वेन्द्र खनाल र यातायात विभागका पुनःनियुक्त महानिर्देशक रुपनारायण भट्टराई सहितका उच्च अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाण्डौको सडकमा अत्याधिक सवारी चाप हुने समय विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न रोक लगाउने निर्णय भएको यातायात ब्यवस्था विभागले जनाएको छ । पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुने छैन ।

यस अघि ट्रफिक प्रमुख खनालले अन्तराष्ट्रिय विमान स्थलमा रहेका ट्याक्सी चालकले विदेशी पाहुनालाई ठगी गर्ने गरेको गुनासो आए पछि त्यसका ब्यवस्थापनका लागि युनिफर्मको ब्यवस्था गरेका छन् ।

काठमाण्डौमा चल्ने टिपरहरुमा गुण्डाको लगानी रहेको भन्दै त्यस्ता टिपर बन्द गराउने घोषणा यस अघि नै गरीसकेका छन् । खनाल ट्राफिक प्रमुख भएर आए पछि सडकमा ड्युटी गर्ने ट्राफिक कर्मचारीको ब्यवहारमा पनि निकै सुधार आएको छ ।

उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल समेत ेकिएको छ । अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् ।

पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसे, गोदावरीतर्फबाट आउने ट्रकरटिप्परले धापाखेलमा अरनिको तथा वीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा पार्कीगंको ब्यवस्था गरीएको छ । नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिनेछ । दक्षिणकाली नाका भएर आउने ट्रकरटिप्परलाई पनि पार्किङ स्थल तोकिएको छ ।


संबिन्धत समाचारहरू

जिप दुर्घटनामा १२ जना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना

देउवा सरकारको अर्को अलोकप्रिय निर्णय, कार्यकर्ता पोस्न १० करोड वितरण

सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ ।

टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा (रुटको सूचीसहित)

१४ असोजमा विजयादशमीका दिन सेनाले काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

दरबारमार्गका व्यवसायीलाई कारबाही भएन, मन्त्रीकै निर्देशनमा पसल खुल्यो

उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् ।
Facebook Page
Advertisement