Mon 10 Dec 2018
Taja Kura Banner

#TajaHeadlines

मन्दिरमा चढाएकाे भेटी चोरी भो!


मन्दिरमा पैसा चोरी भएछ, बिहान सबै पुजारीहरुको रुवा वासी चल्न थाल्यो... मान्छेहरु तमासा हेर्नेको भिड लागेको थियो,सबैले चोरलाई सराप्दै थिए!!तेही भिडलाई पन्छाउदै एक जाना पुजारीहरुको अघि आएछ।

मान्छेले सोध्छ:के भयो पुजारी बा?

पुजारी: घोर कलियुग आयो,अब हुदा हुदा भगवानको पैसा पनी चोर्न छोडेनन् पापीहरुले,चौकीमा रिपोर्ट लेखाउनु पर्छ ,चोर पत्ता लागेन भने हामी जुलुस निकाल्ने छौ,यस्तो धर्म भ्रष्ट हुन थाल्यो।

मान्छे:बा!!पैसा त भगवानको चोरी भाको छ नी,तपाई ले किन रिपोर्ट लेखाउनु पर्यो? भगवान आफै गइहाल्नुहुन्छ नी!

पुजारी:ति चोरहरुले धेरै ठुलो गल्ती गरेका छन्।

मान्छे:कर्म नै ठुलो हो,चोर हरुले कर्म गरेका छन्,सही गलत त भगवानले निर्णय गर्नु हुन्छ नी।

पुजारी:तर चोरी गर्नु गलत हो,यो भगवानको अपमान हो!

मान्छे:हैन पुजारी बा,यो काम भगवानले आफै गर्न लगाउनु भएको,किन भने भगवानको मर्जी बिना अरु त के एउटा पात पनी हल्लीदैन!

पुजारी:तर यस्तो जघन्य अपराघको लागी चोरलाई सजाए दिनु जरुरी छ।

मान्छे:हामी के लिएर आयौ र के नै लिएर जान्छौ ? हामी को हौ र ?कसैलाई सजाय दिनलाई,जे जती हुन्छ सबै उहाले नै सजाय दिनु हुनेछ।

पुजारी:ज्ञान आफ्नो ठाउमा छ, हामीलाई हाम्रो पैसा फिर्ता चाहियो बस।

मान्छे:हो तेसो भन्नुस न त,हामीलाई आफ्नो पैसा चाहीयो भनेर बेकारमा भगवानको नाम किन बद्नाम गर्नु हुन्छ,तपाईको यो धन्धाको लागी!

(भनिन्छ बुझ्नेलाई इसारा काफी छ, तपाईहरुले अड्कल लगाइसक्नु भयो होला मैले के भन्न खोजेको,मन्दिर भित्र चढाईएको भेटी,दुध ,मिठाई फलफुल कहिले देख्नु भएको छ भगवानले आएर उठाएको? त्यहि बाहीर अंगभंग भएर बसिरहेको मान्छेहरुको भोक कसैले देख्नु भएको छ? जस्लाई तिनै पुजारीहरुले छि छि र दुर दुर गर्छन्...धर्म भनेको भेटी चढाउदैमा हुदैन, दुखिगरीबलाई सहयोग गर्नुस भगवान तिनैहरु भित्र बसीरहेका हुन्छन्)

कृपया मलाई नास्तिक भनेर दोष नलगाउनु होला।


संबिन्धत समाचारहरू

जानकी पन्तकाे एउटा कविता

बाँधिएको मन लाइ खुल्ला आकाशमा उड्न दिने, कुण्ठिएको मुटु लाइ धर्तिमा खुल्न दिने परिवर्तन खोज्ने पाइलालाई सागर झैँ बग्न दिने,

पुष्पा धमला एउटा गजल - तिमीसँग आँखा जुध्यो मैले मायाँ गरेपछि

तिमीसँग आँखा जुध्यो मैले मायाँ गरेपछि तिम्रै नामको सिन्दूर यो सिउँदोमा भरेपछ

बिमला शर्मा ढुङ्गाना एउटा कविता : "प्रवासको चित्कार"

प्रिय तिम्रा ती यादहरु मेरो मनको बाटो हुँदै समुन्द्री छाल सरि उर्लिदै मेरा यी नयन सम्म आएर आँशु बनेर पोखिन्छन्।

कथा : मलाई खल्बलाएर कहाँ गयो त्यो हेन्डसम ?

चियामा पनि निकोटिनको मात्रा बढी हुन्छ र चुरोटमा पनि । सायद चियालाई ब्वाईफ्रेन्ड र चुरोटलाई गलफ्रेन्ड या भाईस भर्सा सम्झिन्छन् कि ।
Facebook Page
Advertisement