Tue 11 Dec 2018
Taja Kura Banner

#TajaHeadlines

रौतहटमा ‘धुर्मुस-सुन्तली’ले नमुना बस्ती निर्माण गर्ने


रौतहट, असोज ४ । रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित दलित समुदायको बस्तीमा छ महिनाभित्रै एकीकृत नमुना बस्ती निर्माण गरिने भएको छ ।

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको सो बस्तीको बुधबार १०६ बर्षिया रामकली हजराले शिलान्यास गरिन् ।

यसअघि तीन स्थानमा एकीकृत नमूना बस्ती निर्माण गरिसकेको फाउन्डेसनले सो बस्तीमा ५ करोड ७५ लाख रुपैयाँको लागतमा ४५ वटा आवासीय घर, एउटा भ्युटावर, एक सामुदायिक भवन, एक मन्दिर, सार्वजनिक धारा र शौचालय बनाउने भएको छ ।

आर्थिक अवस्था कमजोर रहेको सो बस्तीमा माझी, दुसार, लोहार, मुसहर र हजाम जातिको बसोबास छ ।

आगामी माघ २४ गते परियोजना हस्तान्तरण गर्ने लक्ष्यका साथ आजबाट निर्माणको काम थालिएको सिताराम कट्टेलले जानकारी दिए ।

फाउन्डेसनकी कुञ्जना घिमिरेले शिलान्यासपछि मिठाई बाँडेर खुशीयाली साटेकी थिइन् ।


संबिन्धत समाचारहरू

६० हजारमा बिक्यो हिटलरको कट्टु

कसैले प्रयोग गरेर फ्याँकेको कट्टुको मूल्य कति होला ? वास्तवमा यो कुनै सोध्ने प्रश्न नै होइन, किनकि त्यस्तो मूल्यहीन वस्तु रद्दीका लागि मात्र योग्य हुन्छ ।

Sonakshi Sinha, your journalist needs a fact check

Noor the film is as mixed up as its female protagonist of the same name: it gets some things right and the others horribly wrong.

११ सय वर्ष पहिले मृत्यु भएकी महिलाको खुट्टामा एडिडास जुत्ता फेला परेपछि....

११ सय वर्ष पहिले मरेकी एक महिलाको खुट्टामा समेत ‘एडिडास जुत्ता’ फेला परेपछि त्यसले तहल्का मच्चाएको छ ।

११ सय वर्ष पहिले मृत्यु भएकी महिलाको खुट्टामा एडिडास जुत्ता फेला परेपछि....

११ सय वर्ष पहिले मरेकी एक महिलाको खुट्टामा समेत ‘एडिडास जुत्ता’ फेला परेपछि त्यसले तहल्का मच्चाएको छ ।
Facebook Page
Advertisement