Mon 18 Mar 2019
Taja Kura Banner

#TajaHeadlines

परिवार नियोजनका साधन प्रयोगकर्ता न्यून, यस्तो छ कारण


काठमाडौं, असोज ३ । पछिल्ला बर्ष परिवार नियोजन र यसका साधनबारे प्रचारप्रसार धेरै भएपनि १३ जिल्लामा अझै पनि यी साधनको प्रयोग न्यून रहेको पाइएको छ ।

ती जिल्लामा परिवार नियोजन साधन प्रयोगकर्ता ३० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाको तथ्याकं छ ।

विशेष गरी गरिब समुदाय, हिमाली पहाडका दुर्गम क्षेत्र, दलित र मुस्लिम समुदायमा यसको प्रयोग न्यून देखिएको महाशाखाका निर्देशक डा. नरेश केसीले बताए ।

उनले भने, ती क्षेत्रमा परिवार नियोजनका साधनको उपयोगिताबारे चेतना पुगेको छैन । यसलाई शिक्षाबाट मात्रै परिवर्तन गर्न सकिन्छ ।

परिवार नियोजनका साधन प्रयोगले शरीरलाई कमजोर पार्ने, रोग लाग्ने, देवता रिसाउने, बाँझोपन हुनेजस्ता गलत बुझाइका कारण यसको प्रयोग बढ्न नसकेको केसीको तर्क छ ।

स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा ४३ प्रतिशत व्यक्तिले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेको देखाएको छ । -कान्तिपुर दैनिकबाट


संबिन्धत समाचारहरू

बिर्सिने रोग अल्जाइमर्सबाट जोगिने कसरी ?

‘अल्जाइमर्स डिजिज इन्टरनेसनल’ नामक अन्तर्राष्ट्रिय संगठनको पहलमा विश्वभर 'अल्जाइमर्स महिना’का रुपमा मनाइँदैछ

Breast cancer: Symptoms, risk factors, and treatment

Breast cancer is the most common cancer among women, after skin cancer. One in eight women in the United States (roughly 12%) will develop breast cancer in her lifetime

उनले रुदै भनिन्: मलाई महिनावारी भएको छ भन्दा पनि छोडेनन ती पापीले

महिनावारी भएर तल्लो पेट दुखी रहेको थियो, बिहानै एउटा प्यानाडोल खाएर नुहाइ-धुवाइ सकाए, एक छिन एना को अगाडि बसेर हल्का मेकअप गरे, कपडा लागाइ सकेर घडि हेरेको अगि ९:३० भइ सकेछ ।

People with severe mental illness have higher risk of heart disease

People who are suffering from severe mental illness (SMI), including schizophrenia, bipolar disorder and major depression have 53 per cent risk of developing
Facebook Page
Advertisement