Fri 26 Apr 2019
Taja Kura Banner

#TajaHeadlines

पुष्पा धमला एउटा गजल - तिमीसँग आँखा जुध्यो मैले मायाँ गरेपछि

- पुष्पा धमला

तिमीसँग आँखा जुध्यो मैले मायाँ गरेपछि
तिम्रै नामको सिन्दूर यो सिउँदोमा भरेपछि

जति राम्रो गरेपनि देखिँदैन जीवित हुँदा
गुनगान गाउँछन् सबैले जब आफैँ मरेपछि ।

जिन्दगीमा आँधी, हुरी अनि तुफान, बाढी आयो
मलाई छाडी तिमीले सात समुन्द्र तरेपछि ।

दाहिने आँखा फर्फरायो मेरो धड्कन बढ्न थाल्यो
खबर सुन्दा मलाई छाडी अन्तै बसाई सरेपछि ।

जति चोट खाएपनि मनमा शान्ति छाएकै छ
सँगै मिली हामीले मायाको बिउ छरेपछि ।।


संबिन्धत समाचारहरू

मन्दिरमा चढाएकाे भेटी चोरी भो!

मान्छेहरु तमासा हेर्नेको भिड लागेको थियो,सबैले चोरलाई सराप्दै थिए!!तेही भिडलाई पन्छाउदै एक जाना पुजारीहरुको अघी आएछ।

जानकी पन्तकाे एउटा कविता

बाँधिएको मन लाइ खुल्ला आकाशमा उड्न दिने, कुण्ठिएको मुटु लाइ धर्तिमा खुल्न दिने परिवर्तन खोज्ने पाइलालाई सागर झैँ बग्न दिने,

बिमला शर्मा ढुङ्गाना एउटा कविता : "प्रवासको चित्कार"

प्रिय तिम्रा ती यादहरु मेरो मनको बाटो हुँदै समुन्द्री छाल सरि उर्लिदै मेरा यी नयन सम्म आएर आँशु बनेर पोखिन्छन्।

कथा : मलाई खल्बलाएर कहाँ गयो त्यो हेन्डसम ?

चियामा पनि निकोटिनको मात्रा बढी हुन्छ र चुरोटमा पनि । सायद चियालाई ब्वाईफ्रेन्ड र चुरोटलाई गलफ्रेन्ड या भाईस भर्सा सम्झिन्छन् कि ।
Facebook Page
Advertisement