Tue 11 Dec 2018
Taja Kura Banner

#TajaHeadlines

ओछ्यानबाटै हराएका बालक १८ घण्टापछि यसरी खोलामा भेटिएपछि...


धादिङ– मध्यरातमा ओछ्यानबाटै हराएका डेढ वर्षीय बालक करिब १८ घण्टापछि खोलामा भेटिएका छन्।


धादिङको वेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षीय बालक आमासँगै सुतिरहेको बेला सोमबार राती २ बजे बेपत्ता भएका थिए। बेपत्ता भएको करिब १८ घण्टापछि घरभन्दा आधा घण्टाको बाटोमा पर्ने जंगलको बीचमा बोक्सिलिङ खोलामा जिवितै फेला परेका हुन्।

आधा शरीर पानीमा डुबेको र टाउको टुङ्गामा अड्याएर सुतिरहेको अवस्थामा भेटिएको बालकका बाबु सोमबहादुर चेपाङले बताए। रातको समयमा हराएका बालक पछिल्लो दिन साँझ मात्रै जंगलको बीचमा खोलामा भेटिनुले घटना सुनियोचित भएको स्थानीयको शंका छ ।

आधा शरीर पानीमा डुबेकोले पानीमा डुबेको दुबै खुट्टा निलो भएको छ। बालकको ताल्ती स्थित स्वास्थ्यचौकीमा उपचार गरिएको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक बरुणबहादुर सिंहले बताए। स्थानीयहरुले भने घटनाको विषयमा प्रहरीले चासो नदिएको आरोप लगाएका छन्।

डेढ वर्ष र ३ वर्षका २ छोरा र उनका आमाबुबा एउटै टहरामा सुतेका थिए। सबैजना निन्द्रामा भएको बेला डेढ वर्षको छोरा मात्रै हराएको बालकका बुबा सोमबहादुरले बताए। उनले भने,  ‘राति २ बजे बिउँझिँदा मसँगै सुतेको जेठो छोरा चाही सँगै छ, सानो छोरा ओछ्यानमा थिएन।’

चेपाङ बालक मध्यरातमा हराएपछि रातिदेखि नै गाउँलेहरुले खोजी गरेका थिए।  बच्चा भेटिए पनि ओल्लोगाउँ पल्लोगाउँमा अहिले त्रास छाएको छ। गरिब र न्यून आय भएका दुर्गमको चेपाङ समुदायबाट मध्यरातमा बच्चा हराएपछि वरपरका गाउँलेहरु त्रसित बनेका छन्। बागुराङ गाउँ पुग्न पृथ्वी राजमार्गअन्तर्गत मलेखुबाट डेढ घण्टाको सवारी यात्रा र साडे ३ घण्टाको पैदल हिड्नुपर्छ।

कसरी हराए बालक ?
आइतबार साँझ खाना खाएर परिवारको चारै जना एउटै टहरामा सुतेका थिए। हराएका डेढ वर्षका बालक बुद्धिलाल (कान्छोछोरा) आमा मनमायासँगै र जेठो छोरा ३ वर्षका बुबा सोमबहादुरसँग सुतेका थिए ।

भूकम्पले घर भत्किएपछि चेपाङ परिवार खर र त्रिपालको छानो हालेर घोछेबार लगाएको टहरामा बस्दै आएका छन्। गरिब परिवारको टहरामा गतिलो ढोका छैन। सोमबहादुरले टहराको ढोका छेउमा आफू सुतेर श्रीमति र छोरामा कुनापट्टि सुताएका थिए ।

भूकम्पले घर भत्किएपछि अस्थाई टहरामा आमासँगै सुतेका बालक राति करिब २ बजे ओछ्यानमा थिएनन्। हराएर भेटिएका बालक चेपाङ दम्पत्तिका कान्छो छोरा हुन्। जेठो छोरा ३ वर्षको छ।


संबिन्धत समाचारहरू

पाकिस्तानबाट अायो दुःखको खबर, चर्चमा बिस्फोट, ९ काे मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार आत्मघाती आक्रमण भएके छ । आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

अमेरिकाले युद्ध घोषणा गर्यो: उत्तर कोरिया

संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाली आकाश क्षेत्रभन्दा बाहिर भएपनि अमेरिकी बमवर्षकहरुलाई गोली प्रहार गरेर खसाल्न उत्तर कोरियासँग अधिकार छ भन्ने दावीको भर्त्सना गरेको छ

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा भएको छ। खाडी मुलुकमा नेपाली कामदारको समस्याबारे स्थलगत अध्ययन गर्न गएको

एउटी निर्दयी सौतेनी आमा जसले ६ बर्षे छोराको यसरी हत्या गरिन् - भिडियो रिर्पोट सहित

जनकपुरको मुजेलिया गाँउ दुई दिनदेखि शोकमग्न छ । ३ दिन देखि हराएका साढे ६ बर्षका बालक कृष्ण राउतको शब घरकै सेफ्टिट्याँङ्कीमा फेला परेपछि परिवार र छिमेकी शोकमग्न बनेका हुन्
Facebook Page
Advertisement