Tue 11 Dec 2018
Taja Kura Banner

#TajaHeadlines

एउटी निर्दयी सौतेनी आमा जसले ६ बर्षे छोराको यसरी हत्या गरिन् - भिडियो रिर्पोट सहित


जनकपुरधाम – जनकपुरको मुजेलिया गाँउ दुई दिनदेखि शोकमग्न छ । ३ दिन देखि हराएका साढे ६ बर्षका बालक कृष्ण राउतको शब घरकै सेफ्टिट्याँङ्कीमा फेला परेपछि परिवार र छिमेकी शोकमग्न बनेका हुन् ।

शनिबार दिँउसो कृष्णको शब प्रहरीले घरको आँगनको छेउमा रहेको सेफ्टिट्याङ्कीबाट निकालेदेखि कृष्णका हजुरबुवा हजुरआमा सहित आफन्तले मन थाम्न सकेका छैनन् ।

बुहारीले ६ महिनाको शिशु छोडेर अर्को बिहे गरेपछि कृष्णलाई पालनपोषण गरेर हुर्काएकी हजुरआमा सुमित्रा राउतको आँखा ओभानो हुन सकेको छैन् । नातीलाई सम्झेर उनी अर्धमुर्छित भइरहन्छिन् । हत्यारा बुहारीलाई फाँसी देउ भन्दै उनी आँशुको भेल बगाइरहेकी छिन् ।
हजुरआमा मात्र हैन कृष्णकी फुपु कौसिलाले पनि मन थाम्न सकेकी छैनन्, उनी कृष्णको फोटो हेर्दै डाँको छोडेर रोइरहेकी छिन् ।कृष्णका हजुरबुबा देबनारायण राउत नातीलाई परिवारकै सदस्यले हत्या गरेपछि रुँदै टोलाँइहरेका छन् । “नाती गाँउका अरु केटाहरु भन्दा धेरै चलाख थियो, कसैले मोबाइल नंबर भनेपछि तुरुन्तै याद गथ्र्यो” हजुरबुवा देबनारायण यादवले भक्काँनिदै आँसु पुछे । उनले यस्तो होला भनेर आफूले कहिल्यै नसोचेको बताए । उनले भने–“यस्तो हुन्छ भन्ने अनुमान गर्न सकेको भए अन्तै लगेर राख्थेँ ।” परिवारका सदस्य मात्र हैन नजिकै रहेको ह्याप्पील्याण्ड बोर्डिङ स्कूल पनि शोकमग्न भएको छ । 

उनी सो स्कूलमा नर्सरीमा अध्ययन गर्थे । ३ दिन देखि नाति घरबाट एकाएक हराएपछि हजुर आमा सुमित्रा राउतले प्रहरीमा उजुरी दिएकी थिइन । उजुरी पर्नेबित्तिकै प्रहरीले अनुसन्धान तीब्र पार्यो । प्रारम्भिक अनुसन्धानमै प्रहरीले उनको हत्या भएको आंशका गर्यो । शनिबार दिँउसो सेफ्टिट्याङ्की खोलेर हेर्दा प्रहरीले कृष्णको शब भेट्टायो । हजुरबुवा देवनारायणका अनुसार घरमा कोही नभएको बेला बिहान दश–एघार बजेको समयमा कृष्णको हत्या भएको थियो । यसरी भयो कृष्णको हत्या चैत ३० गते हजुरआमा सुमित्रा खेतमा गहुँ काट्न गएकी थिइन । हजुवुवा देवनारायण घर बनाउने काममा गएका थिए । कृष्णका बुवा श्रीप्रसाद राउत जनकपुर शहरमा अटो रिक्सा चलाँउदै थिए । त्यसदिन कृष्ण सैतेनी आमा रिनादेवी यादव, २ बर्ष र ६ महिनाका भाइबहिनीसँगै थिए । त्यसै दिन सौतेनी आमा रिनादेवीले कृष्णको हत्या गरिन । प्रहरीलाई उनले दिएको प्रारम्भिक बयान अनुसार भाइबहिनीलाई रुवाएपछि घाँटी थिचेर मारेको बयान दिएकी छिन् । तर प्रहरीले उनको बयानलाई विश्वास गरेको छैन् । 

कृष्णको हत्या उनी एक्लैले गर्न नसकेको बरु त्यसमा उनका बुबा श्रीप्रसादको समेत संलग्लना भएको आंशका गरेको छ । आइतबार प्रहरीले हत्या गर्न प्रयोग भएका फलामका सामग्रीहरु पनि बरामद गरेको छ । रिनादेवी सहित श्रीप्रसाद राउतलाई समेत प्रहरीले हत्याको कारणबारे अनुसन्धान थालेको छ । हत्याको कारण सम्पतीको बिषयलाई लिएर भएको हुनसक्ने धनुषाका प्रहरी प्रमुख लालमणी आर्चायले रातोपाटीलाई जानकारी दिए । श्रीप्रसादले गरेका थिए ५ बिहे जनकपुरमा अटोरिक्सा ब्यवसायी संघको कार्यसमितिमा समेत रहेका ४० बर्षका श्रीप्रसाद राउतले पाँच बिहे गरेको स्थानीयले बताए । उनलाई अहिलेसम्म ४ श्रीमतीले छोडेको र रिनादेवि कान्छी श्रीमतीको रुपमा स्थानीयको भनाई छ । प्रहरीले पनि उनको विगतको श्रीमती फेर्ने शैलीका कारण कृष्णको हत्यामा उनको पनि संलग्नता हुनेबारे आशंका गरेको छ । श्रीप्रसादका बुवा देवनारायण तथा छिमेकीका अनुसार श्रीप्रसादको पहिलो बिहे उनको कमाई नभएका कारण भाँडिएको थियो । उनी बेरोजगार थिए घरमा छोरीको पालनपोषण राम्रो नहुने बुझेर माइतीले नै उनको दोश्रो बिहे गराईदिएका थिए । जेठी श्रीमतीले छोडेपछि उनले दोश्री श्रीमती बिहे गरे । तर बच्चा जन्माउन नसक्ने भन्दै केही समयपछि घरबाट निकालेका थिए । कृष्ण तेश्रो श्रीमतीबाट जन्मिएका थिए । तर उनी जन्मिएको छ महिनापछि नै उनकी आमा घर छोडेर हिँडेकी थिइन् । 

उनले यसरी घर छोड्नुको कारण उनलाई पारिवारिक तनाब दिएको हुनसक्ने प्रहरीको अनुमान छ । श्रीमती बिहे गर्ने र केही समयपछि तनाब दिएर घरबाट निकाल्ने श्रीप्रसादको शैली देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख आर्चायले बताए । हजुरआमा कडा भएकोले सौतेनी आमाले छुन सकेकी थिइनन् ६ महिनाको हुँदा आमाको साथ गुमाएका कृष्णलाई हजुरआमा सुमित्राले निकै दुःख गरेर हुर्काएकी थिइन् । उनकी फुपु कौसिलाले पनि निकै माया गर्थिन । श्रीप्रसादले कृष्णकी आमाले घर छोडेपछि अर्को बिहे गरेका थिए । घरमा सौतेनी आमा भित्रिएपनि कृष्णलाई हजुरआमाले आमाको अभाव महसुस गराएकी थिइनन् । उनी कडा स्वभावकी भएकीले कान्छी बुहारीकी रुपमा आएकी रिनादेवीले सौतेनी छोरा कृष्णलाई केही गर्न सक्दिनथिन् । छिमेकीका अनुसार उनले कृष्णलाई पनि माया देखाँउथिन् कहिल्यै पिटेको गाली गरेको थाहा नभउको बताए । घरभित्रैकै परिवारमा एउटा बालकको निर्ममतापूर्वक यसरी हत्या भएपछि जनकपुर मुजेलियाका स्थानीय आश्र्चय र शोकाकूल अवस्थमा छन् । 

 हेर्नुहोस भिडियो :


संबिन्धत समाचारहरू

पाकिस्तानबाट अायो दुःखको खबर, चर्चमा बिस्फोट, ९ काे मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार आत्मघाती आक्रमण भएके छ । आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

अमेरिकाले युद्ध घोषणा गर्यो: उत्तर कोरिया

संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाली आकाश क्षेत्रभन्दा बाहिर भएपनि अमेरिकी बमवर्षकहरुलाई गोली प्रहार गरेर खसाल्न उत्तर कोरियासँग अधिकार छ भन्ने दावीको भर्त्सना गरेको छ

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा

सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा भएको छ। खाडी मुलुकमा नेपाली कामदारको समस्याबारे स्थलगत अध्ययन गर्न गएको

ओछ्यानबाटै हराएका बालक १८ घण्टापछि यसरी खोलामा भेटिएपछि...

धादिङको वेनिघाटरोराङ गाउँपालिका ३ बागुराङका डेढ वर्षीय बालक आमासँगै सुतिरहेको बेला सोमबार राती २ बजे बेपत्ता भएका थिए
Facebook Page
Advertisement